काठमाडौँ । उत्पादन बढाउन माटो राम्रो हुनुपर्छ । माटो राम्रो हुन अम्लीयपन, क्षारीयपन, नाइट्रोजन, फस्फोरस, पोटास र प्राङ्गारिक पदार्थ उपयुक्त मात्रामा हुनु जरुरी छ । माटोमा पाइने खाद्य तत्त्वको मात्रा मिल्नुपर्छ । तर नेपालमा माटो परीक्षण खासै गरिएको पाइँदैन ।
विज्ञहरूका अनुसार नेपालमा करिब ३० प्रतिशत किसानले कुनै न कुनै समयमा एक पटक माटो परीक्षण गराएको पाइन्छ । तर निरन्तर रूपमा माटो परीक्षण भने गरेको भेटिँदैन । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले धान काटिसकेपछि माटो परीक्षण गर्ने उपयुक... Read More